कोप २८मा भाग लिन जाने ३१ जना छुटेका सहभागिहरु आज दुवई जादैँ
काठमाडौँ, मंसिर १४
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रिसंघिय महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन छुटेको ३१जना सहभागि यात्रुहरु आज वेलुका दुवई प्रस्थान गर्दैछन् । कोप २८मा सहभागि हुन दुवई जाने ३१ जना यात्रु हिजो काठमाडौँमै छुटेका थिए । बुधवार बेलुकाका काठमाडौँ–दुबई उडानको क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजले यात्रुहरु छोडेर उडेको थियो । यता नेपाल एयरलाइन्सले जहाजमा यात्रुहरू आफैँ छुटेको प्रतिक्रिया दिएको छ । ‘जहाजले छाडेको होइन यात्रुहरू आफैँ छुटेका हुन’ यात्रुहरू संवेदनशील नहुदा छुट्नु पुगेको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बताए ।
‘जहाजको उडान तालिका परिवर्तन भएको सबै यात्रुहरूलाई पहिले नै जानकारी गराइएको थियो । फोन, एसएमएस, मेल सबै तरिकाबाट सूचना पु¥याइएको हो । तर, केही भएको हो’ पौडेलले भने ।
एयरलाइन्सको आरए २२९ नम्बरको जहाज बुधवार बेलुका ११ः३० बजे काठमाडौँ–दुबई उडान तालिका रहेको थियो । तर प्रधानमन्त्री समेत सोही विमानमार्फत दुबई जाने भएपछि पूर्ववत् उडान सेडूलमा २ घण्टा अघि सारिएको थियो । एयरलाइन्सको ११ः३० को उडानलाई ९ः३० मा सारिएको सबैमा सूचना गरिएको प्रवक्ता पौडेलको भनाइ छ ।
२५० जना यात्रुहरूले सूचना अनुसार नै समयमा नै उडानका लागि एयरपोर्ट आएको तर बाँकी ३१ जना नआएको प्रवक्ता पौडेलले बताए ।
प्रवक्ता पौडेलका अनुसार आज बेलुकाको नेपाल एयरलाइन्सकै ११ः३० कै अर्को जहाजमार्फत छुटेका यात्रुहरूलाई दुबई पठाउन लागिएको र सम्भव भएसम्म अन्य जहाजहरूमार्फत समेत पठाउने तयारी गरिरहेकोछ ।