टिकटक बन्द नगर्ने इन्टरनेटको लाइसेन्स खारेज गर्ने

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ, मंसिर १३
टिकटक पुर्ण रुपमा प्रतिबन्ध गर्ने सरकारको निर्णय बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणले बुधबारभित्र टिकटक बन्द नगर्ने ईन्टरनेट सेवा प्रदायकको लाईसेनस खारेज गर्ने चेतावनी दिएको छ । ईनटरनेट सेवा प्रदायक संस्थाले टिकटक बन्द गरेको जानकारी नदिए ५५ वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको छ । प्राधिकरणबाट इजाजत लिएका १३० वटा कम्पनीमध्ये ५५ वटा सेवा प्रदायकहरुले अहिलेसम्म आफ्नो सेवा बन्द भएको वा नभएको भन्ने जानकारी नदिएकाले बुधबारभित्र यसबारे जानकारी गराउन प्राधिकरणले निर्देशन दिएको हो ।
सरकारले कात्तिक २७ गते मन्त्रिपरिषद्को निर्णयबाट टिकटकसरकारको निर्णयसँगै प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई टिकटक बन्द भए÷नभएको जानकारी गराउन भनेको थियो ।
टिकटक बन्द नगराएका र सम्पर्कमा नआएका कम्पनीलाई ५ लाख रुपैयाँसम्म जरिवानासाथै लाइसेन्ससम्म रद्द गर्ने गरी प्राधिकरणले कारबाही गर्नसक्छ ।