
ब्राउन सुगर सहित १ जना पक्राउ
उदयपुर, मंसिर १३
उदयपुरमा ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलयबाट खटेको टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने ३५ वर्षिय प्रशान्त कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए । कार्की लागू औषध मुद्धामा वारदात पश्चात फरार रहेका थिए ।
मंसिर १० गते प्रहरी कार्यलयबाट खटेको टोलीले कार्कीको घर खानतलासी गर्दा लागू औषध ब्राउन सुगर १ ग्राम ९१० मिलिग्राम सहित फेला पारी पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको सूचना अधिकारी चौधरीले बताए ।
