विश्वकप छनोटमा नेपाललाई निराशाः यमनसँग नेपाल २ गोलले पराजित

मूलखबर संवाददाता
काठमाडौं

विश्वकप फुटबलको एसियन छनोटमा नेपाल यमनसँग पराजित भएको छ।

दशरथ रंगशालामा भएको खेलमा यमनसँग नेपाल २–० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफ बराबरीमा रोकेको नेपालले दोस्रो हाफको अन्त्यतिर दुई गोल खाएको हो।

छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोलले पराजित भएको थियो।

घरेलु मैदान भएकाले नेपालमाथि आज जित्नैपर्ने दबाब थियो। अंकतालिकामा पुछारमा रहेको नेपाल दोस्रो खेलमा पनि आज यमनसँग पराजित भएको हो।