भुकम्पपीडितलाई माओवादी केन्द्र बागमती प्रदेशले गर्यो १० लाख नगद र २९ बोरा कपडा सहयोग
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको वागमती प्रदेश पार्टीले जाजरकोट र रुकुमका भुकम्पपीडतलाई १० लाख नगद र २९ बोरा कपडा सहयोग गरेको छ । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र भएर आएको भुकम्पबाट अत्यन्त प्रभावित जाजरकोट जिल्लाको नलसिंहगाड नगरपालिका र रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकाका पीीडतहरुलाई नगद र लत्ताकपडा सहयोग गरिएको वागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए । पार्टी प्रदेश इन्चार्ज तथा रुकुमबाट प्रतिनिधिसभामा सदस्यको रुप्मा प्रतिनिधित्व गर्ने पुर्व मन्त्री जनार्दन शर्मामार्फत सो सहयोग हस्तान्तरण गरिएको हो ।
अध्यक्ष तथा वागमती प्रदेश सभा सदस्य सरल सहयात्रीका अनुसार हस्तान्तरण गरिएको सहयोगमा नगद रु १०,००,००० (अक्षेरुपी रु. दश लाख रुपैया मात्र) र ज्याकेट १६०० पिस, ट्राउजर २०० पिस, हाफपाइन्ट २०० पिस , बच्चाका कपडा १०० पिस, सुइटर २०० पिस, व्ल्याङकेट ५० पिस सहित जम्मा २९ बोरा कपडा रहेको छ । सो सहयोग वागमती प्रदेश अन्तरगतका पार्टी कमिटि र लत्ता कपडा काठमाडौं जिल्लाको टोखा नगरपालिकाबाट संकलन गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा वागमती प्रदेशका सहइन्चार्ज नारायण दाहाल, स्थायी समिति सदस्य शशि श्रेष्ठ, अन्जना विसंखे, अमृता थापा, काठमाडौं इन्चार्ज झक्कु सुवेदी, सुर्य सुवेदी पथिक, सम्पर्क समन्वय प्रदेश अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
सहयोग हस्तान्तरणपछि एक स्टाटस लेख्दै वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।
हेरौं उनको स्टाटस-
यही मिति २०८० साल कार्तिक १७ गते राति ११स्४७ बजे जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भई गएको भुकम्पका कारण जाजरकोट जिल्लाको नलसिंहगाड नगरपालिका र रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकाका भुकम्प पिडीतहरुलाई मानविय राहत स्वरुप हाम्रो पार्टी नेकपा ९माओवादि केन्द्र० बागमती प्रदेश समितिको तर्फबाट संकलन गरिएको नगद रु.१०,००,००० (अक्षेरुपी रु. दश लाख रुपैया मात्र) र ज्याकेट १६०० पिस, ट्राउजर २०० पिस, हाफपाइन्ट २०० पिस ,बच्चाका कपडा १०० पिस, सुइटर २०० पिस,व्ल्याङकेट ५० पिस सहित जम्मा २९ बोरा कपडा भुकम्प प्रभावितहरुको लागि वितरण गर्न आठविसकोट नगरपालिका रुकुम पश्चिम र नलसिंहगाड नगरपालिका जाजरकोटका लागि हस्तान्तरण गरिएको छ । सहयोग गर्ने पार्टी संगठनका सम्पूर्ण कमरेडहरु र लत्ताकपडा उपलव्ध गराउने टोखा पार्टी लगाएतका सहयोगदाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।