टिकटककाे पहुँच बन्द गर्न सबै इन्टरनेट प्रदायकलाई कडा निर्देशन

मूलखबर संवाददाता
काठमाडौं

सरकारले सामाजिक सदभाव विगारेकाे र अस्लिलता बढाएकाे भन्दै तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय गरेपनि सबै तिर टिकटक बन्द नभएको देखिएपछि कडा निर्देशन जारी गरेकाे छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले हिजो एक विज्ञप्ति निकालेर निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी दिएको छ ।

प्राधिकरणले निर्देशनको पालना नगरे दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही हुने उल्लेख गरेको छ । मन्त्रिपरिषद्को अस्ति बसेको बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।