
तिहारको दिन, कस्तो छ आजको मौसम
देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
विभागले राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैबीच, जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्नेछ । विभागका अनुसार दिउँसो कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।
विभागले आज राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिमलगायत आसपासको क्षेत्र र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।
