यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विश्वकप क्रिकेटः भारत समूह चरणका सबै ९ खेलमा विजयी. मूलखबर संवाददाता काठमाडौं भारतले एकदिवसीय विश्वकपमा समूह चरणका सबै ९ खेलमै जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई १ सय ६० रनले हरायो ।. ४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रन बनाएर अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले सर्वाधिक ५४ र साइब्रांड एंगेलब्रेक्टले ४५ रन बनाए ।. भारतका कुलदीप यादव, रवीन्द्र जडेजा, जस्प्रित बुमराह र मोहम्मद शिराजले २-२ तथा विराट कोहली र रोहित शर्माले एक एक विकेट लिए ।. त्यसअघि बेंगलोरमा पहिला ब्याटिङ गरेको भारतले ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । विश्वकपमा भारतको यो अहिलेसम्मकै ठूलो स्कोर हो ।. श्रेयस ऐयरले अविजित १ सय २८ तथा लोकेश राहुलले ६४ बलमा १ सय २ रन बनाए । रोहित शर्मा र शुभमन गिललेअर्धशतक बनाएका थिए ।. भारत ९ खेलमा १८ अंकसहित शीर्षस्थानमा रह्यो । ७ खेल जितेको दक्षिण अफ्रिका १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया तेस्रो र न्युजिल्यान्ड चौथो बने ।. सेमिफाइनलमा भारत र न्युजिल्यान्ड तथा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।.
विश्वकप क्रिकेटः भारत समूह चरणका सबै ९ खेलमा विजयी
मूलखबर संवाददाता
काठमाडौं
भारतले एकदिवसीय विश्वकपमा समूह चरणका सबै ९ खेलमै जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई १ सय ६० रनले हरायो ।
४ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रन बनाएर अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले सर्वाधिक ५४ र साइब्रांड एंगेलब्रेक्टले ४५ रन बनाए ।

भारतका कुलदीप यादव, रवीन्द्र जडेजा, जस्प्रित बुमराह र मोहम्मद शिराजले २-२ तथा विराट कोहली र रोहित शर्माले एक एक विकेट लिए ।
त्यसअघि बेंगलोरमा पहिला ब्याटिङ गरेको भारतले ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । विश्वकपमा भारतको यो अहिलेसम्मकै ठूलो स्कोर हो ।
श्रेयस ऐयरले अविजित १ सय २८ तथा लोकेश राहुलले ६४ बलमा १ सय २ रन बनाए । रोहित शर्मा र शुभमन गिललेअर्धशतक बनाएका थिए ।
भारत ९ खेलमा १८ अंकसहित शीर्षस्थानमा रह्यो । ७ खेल जितेको दक्षिण अफ्रिका १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया तेस्रो र न्युजिल्यान्ड चौथो बने ।
सेमिफाइनलमा भारत र न्युजिल्यान्ड तथा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ ।