
चिनियाँ राष्ट्रपतिको अनुकरणीय चलन, हरेक वर्ष गाउँमा पुगेर जनताको हाल बुझ्ने
नोभेम्बर महिनामा चीनको उत्तरी भागको जाडो याम पनि शुरू भयो।
चीनका राष्ट्रपति सी चिनफिङले १० तारिख ३ महिनाअघि भयङ्कर बाढी प्रकोप पीडित पैचिङ र हपै प्रान्तका ग्रामीण क्षेत्र पुगेर स्थानीय प्रकोपपछिको पुन:निर्माण कार्यको निरीक्षण गर्दै एउटा न्यानो हिउँद ऋतु बिताउन बासिन्दाहरूलाई सुनिश्चितता दिएका छन्।
कृषि उत्पादन नै प्रकोपपछि पुन:निर्माण गरिने एक महत्वपूर्ण विषय रहेको छ। विभिन्न तहका सरकारले विविध कदम चालेर सक्दो प्रयासमार्फत प्रकोपग्रस्त बासिन्दा, व्यवसाय र व्यापारीहरूलाई सहायता दिनुपर्ने निर्देशन राष्ट्रपति सीले दिएका छन्।
त्यस क्रममा राष्ट्राध्यक्ष सीले पैचिङ र हपै दुई ठाउँका जलाशय प्रबन्ध र बाढी प्रतिरोधात्मक परियोजनाको अवलोकन गर्नुका साथै पैचिङ र हपै क्षेत्रीय बाढी प्रतिरोधात्मक परियोजनाको पूर्ण निर्माणका लागि पनि महत्वपूर्ण बन्दोबस्त मिलाउन निर्देशन दिएका छन्।
हरेक वर्ष राष्ट्रपति सी गाउँमा गएर कृषि तथा अन्य व्यवसायबारे स्थलगत जानकारी लिने गर्छन्। उनी हरेक वर्ष कुनै न कुनै गाउँमा पुगेर किसानसँग समय विताउने गरेका छन्।
सन् २०१३ मा सत्तामा आए देखि नै राष्ट्रपति सीले यो चलनलाई सधैं कायम राखेका छन्।
