बागमती गाउँपालिका कैलेडाँडामा थ्रीफेज लाईन विस्तार

मूलखबर संवाददाता
मकवानपुर, २३ कात्तिक

मकवानपुर जिल्लाकाे बागमती गाउँपालिकाको वडा न.६, कैलेडाडामा विद्युत प्रशारण लाइनको स्तरउन्नति संगै थ्री फेज लाइन विस्तार भएको छ।

गाउँपालिका सरकारकाे पहलमा भएको कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गाउँपालिका इन्चार्ज विष्णु सापकोटा, गाउँपालिका अध्यक्ष सर्केस घलानकाे उपस्थितिमा सम्पन्न भएको छ ।  विद्युत बिस्तार भएको लामो समय भएपनि टु फेज लाइनका कारण आवस्यकता जति विद्युत उपलब्ध नभएको र साथै त्यहीँ नजिकै रहेको NTC को टावर पनि चलाउन अफ्ट्यारो भैरहेको थियो।

त्यहाँका समुदायले झेल्दै आएको समस्यालाई मध्यनजर गर्दै बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलानको पहलमा थ्रीफेज लाइन र ५० केबिएको ट्रन्सफर्मर राख्ने र विद्युत बिस्तार गर्ने कार्य पुरै गाउँ वासिको उपस्थितिमा एक कार्यक्रमका बिच सम्पन्न भएको हाे  ।