नगरकोट सडक महाेत्सव भव्यरूपले शुरू, दाेश्राे दिन पनि जारी
पर्यटकिय नगरी नगरकाेटमा सडक महाेत्सव शुरू भएको छ ।
नगरकाेट नाल्दुम पर्यटन विकास समिति द्वारा आयोजित ३ दिने सडक महोत्सवको उद्घाटन बिहीबार भव्यरूपले गरिएको छ ।
पहिलो दिन मण्पडन देउपुर नगरपालिकाका मेयर टाेकबहादुर वाइवा र चागुनारायण नगरपालिका मेयर जीवन खत्रीले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । समुदघाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयाेजक समितिले जनाएको छ । उक्त कार्यक्रममा उलेख्निय सहभागीता भएको र आन्तरिक तथा वाह्य पर्यटक हरूले भरपुर मनोरंजन लिनु भएको प्रवक्ता राेहित माेक्तानले बताए । कार्यक्रममा राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिएका थिए ।
कार्तिक २४ गते दाेश्राे दिन चर्चित राष्ट्रिय कलाकार हरूको सांगेतिक प्रस्तुति एवमं विभिन्न खानाका परिकार सहितको स्टलहरू, चंगाचेट कार्यक्रम तथा विविध कार्यक्रम रहेको उनलेे बताए । नगरकोट सडक महोत्सव २०८० काे आज दाेश्राे दिन राष्ट्रिय चिरपरिचित कलाकार सुनिता दुलाल, राम कु.नेपाली, काेपिला वाईबा, कमला दाेङ साथमा स्थानीय कलाकार हरूकाे बेजोड प्रस्तुति रहने आयाेजकले बताएका छन् ।
समितिका प्रवक्ता राेहित माेक्तानका अनुसार नगरकाेटमा पहिलोपटक सडक महाेत्सव आयोजना गरिएको हाे। नगरकाेट घुमाैँ, नगरकोट चिनाैं भन्ने नाराका साथ आयोजना गरिएको महाेत्सवमा सडकमै खाने, सडकमै रमाइलो गर्ने गराउने र पर्यटकलाई आकर्षित गर्ने याेजना आयाेजक समितिकाे छ । काेराेना महामारीको कारण सुस्ताएकाे नगरकाेटकाे आर्थिक गतिविधि र पर्यटनलाई गति दिन महाेत्सवकाे आयोजना गरिएको प्रवक्ता माेक्तानकाे भनाइ छ ।
महाेत्सव शनिबार समापन हुनेछ ।