
एमालेको नयाँ घोषणाः तीन साता ‘मध्यपहाडी लोकमार्ग विशेष अभियान’
नेकपा एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयले बैठलले यो निर्णय गरेको हो।
पार्टीले तीन हप्ता लामो लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्न लागेको बैठकपछि एक नेताले जानकारी दिए।
अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ।
