राहत सामग्री बोकेर चिनियाँ जहाज आज आउँदै

मूलखबर संवाददाता
काठमाडौं

जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेनाको जहाज आज बुधबार बिहान पोखरा विमानस्थलमा आइपुग्ने भएको छ ।

उक्त जहाजले १ लाख ७९ हजार किलो राहत सामग्री बोकेको छ । उक्त जहाज पोखरा आइपुगेपछि त्यहाँबाट नेपाली सेनाको स्काइ ट्रकले रुकुमपश्चिम र नेपालगञ्ज पुर्‍याउने छ ।

राहत सामग्री पोखरा आइपुगेपछि नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछन् । त्यसका लगि सङ र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज बिहान पोखरा पुग्ने भएका छन् ।