यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विश्वकपमा रोमाञ्चकता बढ्दै, साविक विजेता बाहिरिने निश्चित, पाकिस्तान अझै आशावादी. मूलखबर संवाददाता काठमाडौं साविक विजेता इंग्ल्यान्ड भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको लिग चरणबाटै बाहिरिने निश्चित भएको छ ।. शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित भएसँगै साविक विजेताको चुनौती लिग चरणबाटै समाप्त हुने पक्का भएको हो ।. खेलमा टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको थियो । २८७ रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्यान्डले ४८.१ ओभरमा सबै विकेट गुमाएर २५३ रनमात्र जोड्न सक्यो ।. इंग्ल्यान्डका बेन स्टोक्सले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । डेविड मलानले ५० रन थपे । मोइन अलीले ४२, क्रिस वोक्सले ३२, आदील राशिदले २०, डेविड विलीले ३२ र जोय रुटले १३ रन जोडे ।. अस्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका जाम्पाले २१ रनमात्र खर्चिए । मिचेल स्टार्क, जस हेजलवुड र प्याट कुमिन्सले समान दुई विकेट लिए । मार्कुस स्टोइनिसले एक विकेट हात पारे ।. त्यसअघि पहिले ब्याटिङमा आएको अस्ट्रेलियाबाट मार्नुस लाबुसचेनले ७१ रन बनाए । क्यामरुन ग्रीनले ४७, स्टिभ स्मिथले ४४, मार्कुस स्टोइनिसले २५ र एडम जाम्पाले २९ रन जोडे । यस्तै, डेविड वार्नरले १५ र ट्राभिस हेडले ११ रन जोड्दा कप्तान प्याट कुमिन्स र मिचेल स्टार्कले समान १० रन थपे ।. इंग्ल्यान्डका क्रिस वोक्सले चार विकेट लिए । मार्क वुड र आदील राशिदले समान दुई विकेट लिए । डेविड विली र लियम लिभिङस्टोनले एक–एक विकेट लिए ।. जितसँगै सात खेलबाट १० अंक जोडेको अस्ट्रेलिया सेमिफाइनलको नजिक पुगेको छ । यता, प्रतियोगितामा लगातार पाँचौ हार बेहोरेको इंग्ल्यान्ड भने दुई खेल बाँकी रहँदै लिग चरणबाट बाहिरिने निश्चित बनेको छ । इंग्ल्यान्डले सात खेल खेल्दा दुई अंक जोडेको छ ।. शनिबार नै भएको अर्को खेलमा साविक उपविजेता न्युजिल्यान्डविरुद्ध डकवर्थ लुइस पद्धति (डीएलएस) अनुसार २१ रनको जित निकाल्दै पाकिस्तानले भने अन्तिम चारको सम्भावनालाई कायम राखेको छ ।. बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४०१ रनको योगफल खडा गरेको थियो । तर, पाकिस्तानले २१.३ ओभरमा एक विकेट गुमाएर १६० रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।. खेल पुनः सुरु हुँदा पाकिस्तानले ४१ ओभरमा पाकिस्तानले ३४२ रनको लक्ष्य पाएको थियो । तर, २५.३ ओभरमा एक विकेट गुमाएर २०० रन बनाउँदा पुनः वर्षा भएपछि पाकिस्तान डिएलएसअनुसार २३ रनले विजयी भएको हो ।. जितसँगै आठ खेलबाट आठ अंक जोडेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट समान अंक रहे पनि नेट रनरेटका आधारमा न्युजिल्यान्ड चौथो स्थानमा छ ।.
विश्वकपमा रोमाञ्चकता बढ्दै, साविक विजेता बाहिरिने निश्चित, पाकिस्तान अझै आशावादी
मूलखबर संवाददाता
काठमाडौं
साविक विजेता इंग्ल्यान्ड भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपको लिग चरणबाटै बाहिरिने निश्चित भएको छ ।
शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित भएसँगै साविक विजेताको चुनौती लिग चरणबाटै समाप्त हुने पक्का भएको हो ।

खेलमा टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २८६ रनको योगफल खडा गरेको थियो । २८७ रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्यान्डले ४८.१ ओभरमा सबै विकेट गुमाएर २५३ रनमात्र जोड्न सक्यो ।
इंग्ल्यान्डका बेन स्टोक्सले ६४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । डेविड मलानले ५० रन थपे । मोइन अलीले ४२, क्रिस वोक्सले ३२, आदील राशिदले २०, डेविड विलीले ३२ र जोय रुटले १३ रन जोडे ।
अस्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका जाम्पाले २१ रनमात्र खर्चिए । मिचेल स्टार्क, जस हेजलवुड र प्याट कुमिन्सले समान दुई विकेट लिए । मार्कुस स्टोइनिसले एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङमा आएको अस्ट्रेलियाबाट मार्नुस लाबुसचेनले ७१ रन बनाए । क्यामरुन ग्रीनले ४७, स्टिभ स्मिथले ४४, मार्कुस स्टोइनिसले २५ र एडम जाम्पाले २९ रन जोडे । यस्तै, डेविड वार्नरले १५ र ट्राभिस हेडले ११ रन जोड्दा कप्तान प्याट कुमिन्स र मिचेल स्टार्कले समान १० रन थपे ।
इंग्ल्यान्डका क्रिस वोक्सले चार विकेट लिए । मार्क वुड र आदील राशिदले समान दुई विकेट लिए । डेविड विली र लियम लिभिङस्टोनले एक–एक विकेट लिए ।
जितसँगै सात खेलबाट १० अंक जोडेको अस्ट्रेलिया सेमिफाइनलको नजिक पुगेको छ । यता, प्रतियोगितामा लगातार पाँचौ हार बेहोरेको इंग्ल्यान्ड भने दुई खेल बाँकी रहँदै लिग चरणबाट बाहिरिने निश्चित बनेको छ । इंग्ल्यान्डले सात खेल खेल्दा दुई अंक जोडेको छ ।
शनिबार नै भएको अर्को खेलमा साविक उपविजेता न्युजिल्यान्डविरुद्ध डकवर्थ लुइस पद्धति (डीएलएस) अनुसार २१ रनको जित निकाल्दै पाकिस्तानले भने अन्तिम चारको सम्भावनालाई कायम राखेको छ ।
बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४०१ रनको योगफल खडा गरेको थियो । तर, पाकिस्तानले २१.३ ओभरमा एक विकेट गुमाएर १६० रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।
खेल पुनः सुरु हुँदा पाकिस्तानले ४१ ओभरमा पाकिस्तानले ३४२ रनको लक्ष्य पाएको थियो । तर, २५.३ ओभरमा एक विकेट गुमाएर २०० रन बनाउँदा पुनः वर्षा भएपछि पाकिस्तान डिएलएसअनुसार २३ रनले विजयी भएको हो ।
जितसँगै आठ खेलबाट आठ अंक जोडेको पाकिस्तान तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट समान अंक रहे पनि नेट रनरेटका आधारमा न्युजिल्यान्ड चौथो स्थानमा छ ।