
पर्यटन पुरानै लयमा, एक महिनामा भित्रिए कीर्तिमानी संख्याका पाहुना
नेपालकाे पर्यटन व्यवसाय लयमा फर्किएकाे छ । अक्टाेबर महिनामा नेपालमा एक लाख १७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बाेर्डका अनुसार अक्टाेबरमा एक लाख १७ हजार तीन सय ६ जना पर्यटक नेपाल भित्रिएका हुन्। याे संख्या काेराेना महामारी सुरु हुनुअघि सन् २०१९ काे तुलनामा ६ प्रतिशतले धेरै हाे।
पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो ।नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । यो रेकर्ड यस वर्ष तोडिएको हो ।
अक्टाेबरमा सबैभन्दा धेरै भारतबाट १८ हजार चार सय ८० जना पर्यटक आएका छन्। यस्तै, अमेरिकाबाट १४ हजार आठ सय ७९, बेलायतबाट आठ हजार दुई सय १७, चीनबाट ६ हजार आठ सय ८०, अस्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार नाै सय १६, फ्रान्सबाट पाँच हजार दुई सय ७१, बंगलादेशबाट चार हजार दुई सय ९२, श्रीलंकाबाट दुई हजार पाँच सय सात र इटालीबाट दुई हजार चार सय ६७ जना पर्यटक आएका छन्।
याे अंग्रेजी वर्षकाे १० महिना अर्थात् जनवरीदेखि अक्टाेबरसम्म नेपालमा आठ लाख नाै हजार ६ सय ७८ जना पर्यटक नेपाल आएका छन्।
