यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नक्कली भुटानी शरणार्थी प्रकरण : गुपचुप हुँदैछ फेरि बयान. नक्कली भुटानी शरणार्थी प्रकरण: गुपचुप हुँदैछ फेरि बयान. मूलखबर संवाददाता काठमाडौं, १६ कात्तिक काठमाडौं प्रहरी परिसरले यसै साता सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मालगायतको बयान सुरु गरेको छ । साउनको अन्तिम साता १८ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो ।. किटानी जाहेरीमा नाम उल्लेख गरिएका बिचौलियाले नै सर्वसाधारणसँग पैसा उठाएर गृह मन्त्रालयका अधिकारीलगायत उच्चपदस्थलाई आर्थिक प्रभावमा पारी आफूअनुकूल काम गराउने प्रयास गरेका थिए । पहिलो चरणको अनुसन्धानमा उनीहरूले यो कुरा बयानमा मात्र बताएनन्, त्यसको प्रमाणसमेत दिएका थिए । तर, यसपटक उनीहरूको बयान फेरिएको छ । यसपटकको बयानमा उनीहरूले उच्चपदस्थहरूको नाम लिएका छैनन् । साथै, बयान पनि इन्कारी दिएका छन् । जसकारण अनुसन्धान प्रभावित भएको पीडितहरूको आशंका छ ।. यसअघि उनीहरूकै बयानका आधारमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका उच्चपदस्थ पक्राउ परेका थिए । हाल उनीहरू पनि पुर्पक्षका लागि जेलमा छन् । तर, दोस्रो चरणमा उच्चपदस्थहरूमाथिको अनुसन्धानमा प्रहरीले पनि चासो राखेको छैन ।. जिल्ला प्रहरी परिसर काठमाडौंले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान गराएको स्रोत बताउँछ । निकै गोप्य रूपमा प्रहरीले उनीहरूको बयान गरेको छ ।. यसअघि संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो । अहिले सामान्य ठगी मात्र चलाउनुपर्ने दबाब प्रहरीमाथि परेको छ । दोस्रो चरणको अनुसन्धानबारे जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।.
नक्कली भुटानी शरणार्थी प्रकरण : गुपचुप हुँदैछ फेरि बयान
मूलखबर संवाददाता
काठमाडौं, १६ कात्तिक
काठमाडौं प्रहरी परिसरले यसै साता सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मालगायतको बयान सुरु गरेको छ । साउनको अन्तिम साता १८ जना पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको हो ।
किटानी जाहेरीमा नाम उल्लेख गरिएका बिचौलियाले नै सर्वसाधारणसँग पैसा उठाएर गृह मन्त्रालयका अधिकारीलगायत उच्चपदस्थलाई आर्थिक प्रभावमा पारी आफूअनुकूल काम गराउने प्रयास गरेका थिए । पहिलो चरणको अनुसन्धानमा उनीहरूले यो कुरा बयानमा मात्र बताएनन्, त्यसको प्रमाणसमेत दिएका थिए । तर, यसपटक उनीहरूको बयान फेरिएको छ । यसपटकको बयानमा उनीहरूले उच्चपदस्थहरूको नाम लिएका छैनन् । साथै, बयान पनि इन्कारी दिएका छन् । जसकारण अनुसन्धान प्रभावित भएको पीडितहरूको आशंका छ ।
यसअघि उनीहरूकै बयानका आधारमा कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका उच्चपदस्थ पक्राउ परेका थिए । हाल उनीहरू पनि पुर्पक्षका लागि जेलमा छन् । तर, दोस्रो चरणमा उच्चपदस्थहरूमाथिको अनुसन्धानमा प्रहरीले पनि चासो राखेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान गराएको स्रोत बताउँछ । निकै गोप्य रूपमा प्रहरीले उनीहरूको बयान गरेको छ ।
यसअघि संगठित अपराध, राज्यविरुद्धको कसुर, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो । अहिले सामान्य ठगी मात्र चलाउनुपर्ने दबाब प्रहरीमाथि परेको छ । दोस्रो चरणको अनुसन्धानबारे जिल्ला प्रहरी परिसर काठमाडौंका अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । याे खबर नयाँ पत्रिका दैनिकमा छ ।