
आजको मौसमः उच्च क्षेत्रमा हिमपातको सम्भावना
देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
विभागका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताएको छ ।
