
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र ग्यास साविककै
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको छ । बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
यससँगै काठमाडौँ उपत्यकामा डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ कायम भएको छ । पेट्रोल र ग्यासको मूल्यमा भने कुनै घटबढ भएको छैन ।
