सर्वकालीन महान फुटबलर मेस्सीको कीर्तिमान, आठौं पटक जिते बालोन डि’ओर

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकी क्लब इन्टर मायामीबाट खेल्ने आर्जेन्टिनाका खेलाडी लियोनल मेसीले आठ पटक बालोन डि’ओर जितेर नयाँ कीर्तिमान बनाएका छन्। सोमबार राति फ्रान्सको पेरिसमा आयोजित समारोहमा मेस्सीलाई ८ औं पटक यो अवार्ड दिइएको हो।

म्यानेचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हल्याण्डलाई पछि पार्दै मेस्सी ८ औं पटक यो अवार्ड जितेका हुन् । ३६ वर्षीय मेस्सीलाई चर्चित इङ्लिस फुटबलर डेबिड ब्याकह्यामले अवार्ड हस्तान्तरण गरेका थिए।

जसपाः प्रदेशसभाको रिक्त समानुपातिक सदस्यमा सञ्जिलाकुमारीहरेक वर्ष प्रदान गरिने यो अवार्ड वर्षको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ । गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि मेसीकै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउन मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले विश्वकपमा कुल सात गोल गरेका थिए ।

मंगलबार मेसीले म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हाल्यान्ड र फ्रान्सका काइलियन एमबाप्पेलाई पछि पारे । हाल्यान्डले दोस्रो स्थान पाउँदा पेरिस सेन्ट जर्मन (पीएसजी) का एमबाप्पे तेस्रो भए ।

मेसीले यसअघि सन् २००९ देखि २०१२ सम्म लगातार चार पटक बालोन डी’अर जितेका थिए । यस्तै, सन् २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए ।

सर्वकालीन महान खेलाडी

लियोनल मेस्सी अब निर्विवाद सर्वकालीन महान् फुटबलर बनेका छन्।

एक जना चर्चित वैज्ञानिक सिमोन ब्रुन्डिसलाई हालै ‘विश्वका उत्कृष्ट फुटबलर को हुन्?’ भनेर प्रश्न गरिएको थियो। ‘यदि कोहि उत्कृष्ट फुटबलर जीवित छन् भने उनी लिओनल मेसी मात्र हुन्,’ ब्रुन्डिसको उत्तर छ,’ यदि तपाई मेसी बाहेक अन्य कोहि फुटबलर उत्कृष्ट छ भन्नु हुन्छ भने कि मेसीको खुट्टा एक वर्षदेखि भाँचिएको छ। अथवा मेसी मरिसकेका छन् वा तपाई झुट बोल्दै हुनुहुन्छ।’

हुन पनि अर्जेन्टाइन फरवार्ड मेसी महान् फुटबलर भएको उनको खेलबाट प्रमाणित गर्न सकिने अनेकौ आधार छन्। तर उनी कसरी महान् भए भन्ने भित्री कुरा धेरैलाई थाहा नहुन सक्छ। वैज्ञानिक ब्रुन्डिस मेसी उत्कृष्ट भएको पर्याप्त प्रमाण भएको र वादविवाद गर्नु अनुचित रहेको बताउँछन्।

गोलसँगै एसिस्टको मेट्रिक अंकका आधारमा मेसी अग्रपंक्तिमा छन्। उदाहरणका लागि यदि गोलकिपरले डिफेन्डरलाई पास दिन्छ। त्यसपछि उसले विंगरसँग बल खेल्न थाल्छ। त्यसपछि बल स्ट्राइकरको खुट्टामा पुग्छ। एक्सजी–बिउन्डमा गोलकिपर र डिफेन्डरलाई पनि अंक प्रदान गर्ने प्रणाली विकास गरिएको छ। ‍ गोल गर्नका लागि दिएको पाससम्म मैदानको भाग कभर गरेको र बल होल्ड गरेको आधार पनि नाप्ने गरिएको छ। जहाँ मेसी मैदान सर्वाधिक छाउने गरेको तथ्याङले देखाएको छ।

गत सिजनमा विश्वकप फुटबलको उपाधि जितेसँगै उनी सर्वकालीन महान् फुटबलर हुन् की होइनन् भन्ने विवाद अन्त्य भएको थियो। मेस्सीले ७ पटक फिफा वर्ष खेलाडी अवार्ड जितेपनि विश्वकप उपाधि हात नपारेकाले पेले र म्याराडोनासँग तुलना गर्न नहुने तर्क रहँदै आएको थियो। विश्वकप लगत्तै फिफा विश्वकपको आधिकारिक फेसबुक पेजमा पनि सर्वकालीन महान् खेलाडी विवाद समाधान भएको उल्लेख गरेको थियो।

३६ वर्षीय मेस्सीले यसअघि क्लब फुटबलमा ११ पटक घरेलु लिग, चारपटक च्याम्पियन्स लिग र तीनपटक फिफा क्लब विश्वकप जितेका थिए। सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष उनले फिफा वर्ष फुटबलर अवार्ड जिते। उनी लगातार सर्वाधिक यो अवार्ड हात पार्ने खेलाडी हुन्। ६ पटक युरोपियन गोल्डेन बुट प्राप्त गरेका मेस्सी अर्जेन्टिनाका १४ पटकका वर्ष फुटबलर पनि हुन्।