
खानीखाेला अध्यक्ष थिङले भेटे निगाले बाेलेराे दुर्घटनाका घाइतेलाई, दिए यस्तो निर्देशन
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले बेथानचोक दुर्घटनाका घाइतेहरूलाई अस्पतालमा पुगेर भेट गरि स्वास्थ्य अवस्था जानकारी लिनुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
गाउँपालिका अध्यक्ष थिङले घाइते भएका पुर्व सांसद तथा एमाले नेता नविना लामा लगायतलाई अस्पतालमै पुगेर भेटेर स्वास्थ्य अवस्था बारे बुझेेका थिए ।
काभ्रे जिल्लाकाे तालढुङ्गाबाट बेथानचोक तर्फ आउदै गरेको बा १४ च ७०७७ नं. को डबल क्याप बलेरो बेथानचोक गा.पा. १ निगालेमा ब्रेक फेल भई सडकमा पल्टदा बलेरोमा सवार १८ जना मध्ये ११ जना घाईते भएका थिए । उनीहरुलाई उद्धार गरी तत्काल उपचारको लागि धुलिखेल अस्पताल पठाईएको थियाे ।
घाइते हुनेमा नेकपा एमाले केन्द्रिय सदस्य नबिना लामा, बागमती प्रदेश उप-सचिव भक्तकुमारी लामा, नेता रामहरी सुवेदी लगायत नेकपा एमाले खानीखाेला गाउँ पालिकामा शुभकामना एवं चियापान कार्यक्रम सकेर फर्किने टाेली रहेकाे थियाे ।
