
इजरायलमा मारिएका थप ३ जना नेपालीको शव पहिचान
हमास समूहको आक्रमणमा परि मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप ३ जनाको शव पहिचान भएको छ । यो सँगै हाल सम्म सो घटनामा मृत्यु भएका ८ जनाको शव पहिचान भएको आइतबार तेल अबिबस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फूलराको शव पहिचान भएको छ ।
बाँकीको शव पहिचानको क्रममा रहेको पनि दूतावासले जनाएको छ । साथै, विपिन जोशीको खोजी कार्य जारी राखिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
गत असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशी हराएका थिए । मृतकमध्ये चार नेपालीको शव स्वदेश ल्याइएको छ ।
