यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विश्वकप क्रिकेटमा पाकिस्तानलाई झट्का, दक्षिण अफ्रिकासँग १ विकेटले पराजित. मूलखबर संवाददाता काठमाडौं रोमाञ्चक खेलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।. शुक्रबार राति पाकिस्तानलाई १ विकेटले हराउँदै दक्षिण अफ्रिका १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाले विश्वकपमा २४ वर्षपछि पाकिस्तानलाई हराएको हो ।. हारपछि पाकिस्तान ६ खेलबाट ४ अंकसहित छैठौं स्थानमा छ । उसको सेमिफाइनल पुग्ने सम्भावना न्यून भएको छ । जारी विश्वकपमा यो पाकिस्तानको लगातार चौथो हार हो ।. २७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १६ बल अगाडी नै पुरा गरेको थियो । उसका लागि मार्करमले सर्वाधिक ९१ रनको योगदान गरे ।. पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ तथा हरिश रौफ, उसामा मीर र मोहम्मद वसिमले २-२ विकेट लिए ।. पहिले ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २७० रनमा अलआउट भएको थियो । उसका साउद सकिलले ५२ र बाबर आजमले ५० रन बनाए ।. साउथ अफ्रिकाका लागि तब्रेज साम्सीले ४ तथा मार्को जान्सेनले ३ विकेट लिए ।.
विश्वकप क्रिकेटमा पाकिस्तानलाई झट्का, दक्षिण अफ्रिकासँग १ विकेटले पराजित
मूलखबर संवाददाता
काठमाडौं
रोमाञ्चक खेलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।
शुक्रबार राति पाकिस्तानलाई १ विकेटले हराउँदै दक्षिण अफ्रिका १० अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दक्षिण अफ्रिकाले विश्वकपमा २४ वर्षपछि पाकिस्तानलाई हराएको हो ।

हारपछि पाकिस्तान ६ खेलबाट ४ अंकसहित छैठौं स्थानमा छ । उसको सेमिफाइनल पुग्ने सम्भावना न्यून भएको छ । जारी विश्वकपमा यो पाकिस्तानको लगातार चौथो हार हो ।
२७१ रनको लक्ष्य दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १६ बल अगाडी नै पुरा गरेको थियो । उसका लागि मार्करमले सर्वाधिक ९१ रनको योगदान गरे ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ तथा हरिश रौफ, उसामा मीर र मोहम्मद वसिमले २-२ विकेट लिए ।
पहिले ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २७० रनमा अलआउट भएको थियो । उसका साउद सकिलले ५२ र बाबर आजमले ५० रन बनाए ।
साउथ अफ्रिकाका लागि तब्रेज साम्सीले ४ तथा मार्को जान्सेनले ३ विकेट लिए ।