विश्वकप क्रिकेटः म्याक्सवेल चम्किँदाअस्ट्रेलियाको रेकर्ड जित

मूलखबर संवाददाता
काठमाडौं

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि ३०९ रनको कीर्तिमानी जित हात पारेको छ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर तीन सय ९९ रन बनायो ।

नेदरल्यान्ड्सले २१ ओभरमै अलआउट हुनुअघि ९० रनमात्र बनायो । आईसीसी एकदिवसीय विश्वकपको इतिहासमा रनका आधारमा यो सबैभन्दा फराकिलो अन्तरको जित हो ।


अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नर र ग्लेन म्याक्सवेलले सतकीय पारी खेलेका थिए ।वार्नरले ९३ बलमा तीन छक्का र ११ चौका सहित १०४ रन जोडे भने म्याक्सवेलले ४४ बलको सामना गरी आठ छक्का र नौ चौकाको मद्दतले १०६ रनको योगदान गरे ।

नेदरल्यान्ड्सका बलर लोगन भान बिकले चार विकेट लिए भने ओपनर बिक्रमजित सिंहले सर्वाधिक २५ रन बनाएका थिए ।

यो जितसँगै अस्ट्रेलियाले यस विश्वकपमा आफ्नो तेस्रो जित हात पारेको हो । योसँगै अस्ट्रेलियाको ५ खेलमा ६ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यसैगरी नेदरल्याण्डसले भने चौथो हार बेहोरेको छ । नेदरल्याण्डसको ५ खेलमा २ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।