यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विश्वकप क्रिकेटः पाकिस्तानमाथि अफगानिस्तानको जित. मूलखबर संवाददाता काठमाडौं दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले छिमेकी प्रतिद्धन्दी पाकिस्तानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।. एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक पाकिस्तानलाई हराएको हो । २८३ रनको लक्ष्य अफगान टोलीले १ ओभर अगाडि नै मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । यो अफगानिस्तानले चेज गरेको सबैभन्दा ठूलो लक्ष्य पनि हो ।. अफगानिस्तानको जितमा तीनजना खेलाडीले अर्धशतक बनाए । ओपनर इब्राहिम जार्दानले ८७ र रमातुल्लाह गुर्वाज ६५ रनमा आउट भए भने रहमत शाहले अविजित ७७ रनको योगदान गरे ।. हसमुल्लाह साहिदी पनि ४५ बलमा ४८ रन बनाएर नटआउट रहे । आज पाकिस्तानका कुनै बलर चलेनन् । शहिन शाह अफ्रिदी र हसन अलीले १-१ विकेट लिए ।. त्यसअघि भारतको चेन्नईमा पाकिस्तानले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा २८२ रन बनाएको थियो ।. कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह शफिकले ५८ रन बनाए। अफगानिस्तानका नूर अहमदले ३ विकेट लिए।. जितसँगै ४ अंक बटुलेको अफगानिस्तान छैठौं स्थानमा उक्लिएको छ । यो हारपछि पाकिस्तानलाई भने लिग चरणबाटै आउट हुने डर उत्पन्न भएको छ ।.
विश्वकप क्रिकेटः पाकिस्तानमाथि अफगानिस्तानको जित
मूलखबर संवाददाता
काठमाडौं
दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले छिमेकी प्रतिद्धन्दी पाकिस्तानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक पाकिस्तानलाई हराएको हो । २८३ रनको लक्ष्य अफगान टोलीले १ ओभर अगाडि नै मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । यो अफगानिस्तानले चेज गरेको सबैभन्दा ठूलो लक्ष्य पनि हो ।
अफगानिस्तानको जितमा तीनजना खेलाडीले अर्धशतक बनाए । ओपनर इब्राहिम जार्दानले ८७ र रमातुल्लाह गुर्वाज ६५ रनमा आउट भए भने रहमत शाहले अविजित ७७ रनको योगदान गरे ।

हसमुल्लाह साहिदी पनि ४५ बलमा ४८ रन बनाएर नटआउट रहे । आज पाकिस्तानका कुनै बलर चलेनन् । शहिन शाह अफ्रिदी र हसन अलीले १-१ विकेट लिए ।
त्यसअघि भारतको चेन्नईमा पाकिस्तानले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा २८२ रन बनाएको थियो ।
कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह शफिकले ५८ रन बनाए। अफगानिस्तानका नूर अहमदले ३ विकेट लिए।
जितसँगै ४ अंक बटुलेको अफगानिस्तान छैठौं स्थानमा उक्लिएको छ । यो हारपछि पाकिस्तानलाई भने लिग चरणबाटै आउट हुने डर उत्पन्न भएको छ ।