शरदीय सौन्दर्यमा झुमेको देशः दशैंको बेलाको नेपाल (फोटो फिचर)

मूलखबर संवाददाता
काठमाडौं

शरद ऋतुको समय त्यसमाथि नेपालको सौन्दर्य र दशैं तिहार। प्रकृति र प्रेमले नबाँधेको मानिस यस धरामा सायद विरलै भेटिन्छन्।

 

 

त्यसैले होला प्राकृतिक सौन्दर्यलाई दाँजेर धेरै साहित्यिक व्यक्तित्वहरुले प्रेम व्याख्या गरेका छन्, चाहे त्यो प्रकृति प्रेम होस्, मानवीय प्रेम होस् या देश प्रेम।

‘नौलाख तारा उदाए धरतीको आकाश हाँसेछ, शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ।’ स्रष्टा अम्बर गुरुङको कर्णप्रिय आवाजले यो गीतमा शरद ऋतुको खुलेर बयान गरेको छ।

नेपालीहरूको सबैभन्दा ठूलो चाड दशैँ यतिखेर सबैको घर–आँगनमा छ । चारैतिर दशैँको उमंगले छोपिसकेको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ ।

दशैंको समयमा नेपालका विभिन्न स्थानका तस्विर