
विश्वकप क्रिकेटमा भारतको लगातार पाँचौँ जित, न्युजिल्यान्ड पहिलो पटक पराजित
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार पाँचौँ जित निकालेको छ । धरमशालामा भारतले न्युजिल्यान्डलाई चार विकेटले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो ।
भारतको जितमा विराट कोहलीले सर्वाधिक ९५ रन बनाए । कप्तान रोहित शर्माले ४६, रवीन्द्र जडेजाले नटआउट ३९, श्रेयस ऐयरले ३३, केएल राहुलले २७ र शुभमन गिलले २६ रन बनाए ।
न्युजिल्यान्डका लागि लकी फर्गुसनले दुई विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले ५० ओभरमा २७३ रन बनायो । उसका लागि ड्यारी मिचेलले १३० रनको पारी खेले । रचिन रवीन्द्रले ७५ रन बनाए ।
भारतका मोहम्मद सामीले पाँच तथा कुलदिप यादवले दुई विकेट लिए ।
