यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पुर्व माओवादी घटकहरू एकजुट हुन जरुरी : सांसद उर्मिला. पुर्व माओवादी घटकहरू एकजुट हुन जरुरी: सांसद उर्मिला. प्रतिनिधिसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य उर्मिला माझीले माओवादी विचार र आस्थावान सबै घटक र समुहहरू एकतावद्व हुन जरुरी रहेकाे बताउनुभएको छ ।. लमजुङ जिल्ला राइनास नगरपालिका वडा नं ५ निवासी नेकपा माओवादी केन्द्रका कार्यकर्ता रविन्द्र कँडेलकाे निधन भएको ११ ओैं दिनमा आयाेजित श्रद्धाञ्जली कार्यक्रममा नेतृ माझीले साे बताउनुभएको हाे । २०१६ साल असाेज ४ गते जन्मनुभएका कँडेलकाे २०८० असाेज २५ गते निधन भएको थियाे । कँडेलले वामपन्थी एकता र पार्टीको रूपान्तरणको पक्षमा आफ्नो धारणा र सुझाव राख्ने गर्नुभएको थियाे ।. माओवादी केन्द्र लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र राइनास नगरपालिका कमिटीकाे आयाेजनामा भएको कार्यक्रममा सांसद माझीले कँडेलकाे निधनले माओवादी पार्टी, वामपन्थी आन्दोलनले अपुरणिय क्षति ब्यहाेरेकाे बताउँदै उहाँले गर्नुभएको याेगदानकाे उच्च कदर गर्नुपर्ने बताउनुभयाे । उहाँले शाेकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै शाेकलाई शक्तिमा बदलेर अगाडि बढ्ने प्रेरणा पैदा हाेस् भन्ने कामना गर्नुभयाे ।. कार्यक्रममा राइनास नगरपालिका उपमेयर तथा माओवादी केन्द्रका नगरपालिका अध्यक्ष पुष्प खनालले कँडेल असल अभिभावक भएको र पार्टी र आन्दोलनकाे पक्षमा निरन्तर क्रियाशिल हुनुभएको र अन्तिम अवस्थासम्म पनि पार्टी एकता र रूपान्तरणको पक्षमा चिन्ता ब्यक्त गरिरहनुभएकाे बताउँदै उहाँकाे बाँकी सपना पूरा गर्न आफुहरू प्रतिवद्व रहेको बताउनुभयो ।. कार्यक्रममा प्रेस सेन्टरका महासचिव सन्ताेष पाैडेल, राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल, राइनास नगरपालिकाका शिक्षा अधिकृत पूर्ण नेपाली, नेकपा एसका केन्द्रीय सल्लाहकार मातृका खनाल लगायत विभित्र पार्टीका विभिन्न तह र तप्कामा रहनुभएका नेताहरूकाे सहभागीता रहेकाे थियाे । लमजुङ काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष अर्जुन मगरातिकाे सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन सचिव नारायण नेपालीले गर्नुभएको थियाे ।. राइनास नगरपालिका वडा नं ५, लमजुङ स्थायी निवासी कँडेलका १ छाेरा गाेविन्द कँडेल एवं छाेरीहरू मिरा र कमला रहेका छन् । कँडेलले अहिले गणतन्त्र लगायत उपलब्धी प्राप्तिका निम्ति २०५५/०५६ सालमा झन्डै १५ बर्ष सेवा गरेकाे निमावि स्थायी शिक्षककाे जागिर छाेडेर जनयुद्धमा समाहित हुनुभएकाे थियाे ।. साेही दिन राइनास नगरपालिका वडा नं ६ लमजुङ निवासी माओवादी केन्द्रका पार्टी सदस्य जुठे मालुकेकाे निधन भएकाे छैठौं दिनमा उहाँको घर पुगी श्रद्धाञ्जली अर्पण गर्नुका साथै श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको थियाे । मालुकेका श्रीमती मेत्तर मालुके एवं छाेराहरू किरण र सुनिलप्रति समवेदना प्रकट गरिएको थियाे ।. कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश समिति सदस्य सविन कुमालले जुठे मालुकेकाे बारेमा चर्चा गर्दै उहाँको निधनले अपुरणिय क्षति पुगेको धारणा राख्नुभएको थियाे ।.
पुर्व माओवादी घटकहरू एकजुट हुन जरुरी : सांसद उर्मिला
मूलखबर संवाददाता
लमजुङ, ५ कात्तिक
प्रतिनिधिसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य उर्मिला माझीले माओवादी विचार र आस्थावान सबै घटक र समुहहरू एकतावद्व हुन जरुरी रहेकाे बताउनुभएको छ ।
लमजुङ जिल्ला राइनास नगरपालिका वडा नं ५ निवासी नेकपा माओवादी केन्द्रका कार्यकर्ता रविन्द्र कँडेलकाे निधन भएको ११ ओैं दिनमा आयाेजित श्रद्धाञ्जली कार्यक्रममा नेतृ माझीले साे बताउनुभएको हाे । २०१६ साल असाेज ४ गते जन्मनुभएका कँडेलकाे २०८० असाेज २५ गते निधन भएको थियाे । कँडेलले वामपन्थी एकता र पार्टीको रूपान्तरणको पक्षमा आफ्नो धारणा र सुझाव राख्ने गर्नुभएको थियाे ।
माओवादी केन्द्र लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र राइनास नगरपालिका कमिटीकाे आयाेजनामा भएको कार्यक्रममा सांसद माझीले कँडेलकाे निधनले माओवादी पार्टी, वामपन्थी आन्दोलनले अपुरणिय क्षति ब्यहाेरेकाे बताउँदै उहाँले गर्नुभएको याेगदानकाे उच्च कदर गर्नुपर्ने बताउनुभयाे । उहाँले शाेकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै शाेकलाई शक्तिमा बदलेर अगाडि बढ्ने प्रेरणा पैदा हाेस् भन्ने कामना गर्नुभयाे ।
कार्यक्रममा राइनास नगरपालिका उपमेयर तथा माओवादी केन्द्रका नगरपालिका अध्यक्ष पुष्प खनालले कँडेल असल अभिभावक भएको र पार्टी र आन्दोलनकाे पक्षमा निरन्तर क्रियाशिल हुनुभएको र अन्तिम अवस्थासम्म पनि पार्टी एकता र रूपान्तरणको पक्षमा चिन्ता ब्यक्त गरिरहनुभएकाे बताउँदै उहाँकाे बाँकी सपना पूरा गर्न आफुहरू प्रतिवद्व रहेको बताउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टरका महासचिव सन्ताेष पाैडेल, राइनास नगरपालिकाका उपमेयर पुष्पराज खनाल , राइनास नगरपालिकाका शिक्षा अधिकृत पूर्ण नेपाली, नेकपा एसका केन्द्रीय सल्लाहकार मातृका खनाल लगायत विभित्र पार्टीका विभिन्न तह र तप्कामा रहनुभएका नेताहरूकाे सहभागीता रहेकाे थियाे । लमजुङ काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष अर्जुन मगरातिकाे सभापतित्वमा भएको कार्यक्रमकाे सञ्चालन सचिव नारायण नेपालीले गर्नुभएको थियाे ।
राइनास नगरपालिका वडा नं ५, लमजुङ स्थायी निवासी कँडेलका १ छाेरा गाेविन्द कँडेल एवं छाेरीहरू मिरा र कमला रहेका छन् । कँडेलले अहिले गणतन्त्र लगायत उपलब्धी प्राप्तिका निम्ति २०५५/०५६ सालमा झन्डै १५ बर्ष सेवा गरेकाे निमावि स्थायी शिक्षककाे जागिर छाेडेर जनयुद्धमा समाहित हुनुभएकाे थियाे ।
साेही दिन राइनास नगरपालिका वडा नं ६ लमजुङ निवासी माओवादी केन्द्रका पार्टी सदस्य जुठे मालुकेकाे निधन भएकाे छैठौं दिनमा उहाँको घर पुगी श्रद्धाञ्जली अर्पण गर्नुका साथै श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको थियाे । मालुकेका श्रीमती मेत्तर मालुके एवं छाेराहरू किरण र सुनिलप्रति समवेदना प्रकट गरिएको थियाे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश समिति सदस्य सविन कुमालले जुठे मालुकेकाे बारेमा चर्चा गर्दै उहाँको निधनले अपुरणिय क्षति पुगेको धारणा राख्नुभएको थियाे । 