
महाअष्टमीको दिन विहानै भूकम्पको धक्का
दशैंको महाअष्टमी चलिरहेको बेला आइतबार बिहान ७ बजेर ४० मिनेटमा काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पकको झट्का महसुस गरिएको छ ।
वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । चितवनमा पनि धक्का महसुस गरिएको स्थानीय वासिन्दाले बताएका छन्।
नेपालीहरु दशैं मनाउन व्यस्त रहेको समयमा भूकम्पको झट्का आएको हो।
