
चीनको सबैभन्दा मनमोहक गाउँ, सुन्दर गाउँका सुन्दर चित्र
अक्टोबर १९ तारिख संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनले ‘सबैभन्दा राम्रो पर्यटन गाउँ’को नामावली सार्वजनिक गरेको छ।
उक्त सूचीमा चीनको च्याङसी प्रान्तको ह्वाङलिङ गाउँ, चच्याङ प्रान्तको स्या च्याङ गाउँ, कान्सु प्रान्तको चागाना गाउँ तथा पल्लो शानसी प्रान्तको चुच्यावान गाउँहरू परेका छन्।
सन् २०२१ मा चयन गरिएको चच्याङ प्रान्तको यु गाउँ, आनह्वी प्रान्तको सी ति गाउँ तथा सन् २०२२ मा चयन गरिएको क्वाङसी प्रान्तको ता चाइ गाउँ, छोङछिङ चिङचु गाउँ गरी चीनका ८ वटा गाउँहरू विश्वको ‘सबैभन्दा राम्रो पर्यटन गाउँ’को सूचीमा परेर विश्वमा पहिलो स्थानमा रहेको छ।
यी चित्र जस्तै सुन्दर गाउँको दृश्यबाट आनन्द लिनुहोस्।
सिआरआइको फेसबुक पेजबाट साभार गरिएको- सम्पादक
