यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
विश्वकप क्रिकेटः भारतको लगातार चौथो जित. घरेलु टिम भारतले आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म लम्ब्याएको छ । भारतले बिहीबार सम्पन्न खेलमा बंगालदेशलाई सात विकेटले स्तब्ध बनाउँदै प्रतियोगितामा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि जारी राखेको हो ।. पुनेस्थित महाराष्ट्र क्रिकेट संघ रंगशालामा बंगलादेशले प्रस्तुत गरेको २५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।. भारतको जितमा विराट कोहलीले १०३ रन बनाए । उनले ९७ बलमा ६ चौका र चार छक्का प्रहार गरे । शुभमन गिलले ५५ बलमा पाँच चौका र दुई छक्कासहित ५३ रन थपे । कप्तान रोहित शर्माले ४८, केएल राहुलले ३४ र श्रेयश अय्यरले १९ रन बनाए ।. बंगलादेशका मेहदी हसन मिराजले दुई र हसन महम्मदले एक विकेट लिए ।. त्यसअघि, टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको थियो ।. बंगालदेशका लिटोन दासले ६६ रन बनाएका थिए । तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६, मुस्फिकर रहिमले ३८, तोहिद हृदयले १६ र नासुम अहमदले १४ रन बनाए ।. भारतका रवीन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले समान दुई विकेट लिए । यस्तै, कुलदीप यादव र शार्दुल ठाकुरले समान एक विकेट लिए ।. जितसँगै चार खेलमा आठ अंक जोडेको भारत दोस्रो स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको बंगलादेश दुई अंकसहित तालिकाको सातौँ स्थानमा छ ।.
विश्वकप क्रिकेटः भारतको लगातार चौथो जित
मूलखबर संवाददाता
काठमाडौं
घरेलु टिम भारतले आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म लम्ब्याएको छ । भारतले बिहीबार सम्पन्न खेलमा बंगालदेशलाई सात विकेटले स्तब्ध बनाउँदै प्रतियोगितामा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि जारी राखेको हो ।
पुनेस्थित महाराष्ट्र क्रिकेट संघ रंगशालामा बंगलादेशले प्रस्तुत गरेको २५७ रनको लक्ष्य भारतले ४१.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

भारतको जितमा विराट कोहलीले १०३ रन बनाए । उनले ९७ बलमा ६ चौका र चार छक्का प्रहार गरे । शुभमन गिलले ५५ बलमा पाँच चौका र दुई छक्कासहित ५३ रन थपे । कप्तान रोहित शर्माले ४८, केएल राहुलले ३४ र श्रेयश अय्यरले १९ रन बनाए ।
बंगलादेशका मेहदी हसन मिराजले दुई र हसन महम्मदले एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको थियो ।
बंगालदेशका लिटोन दासले ६६ रन बनाएका थिए । तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६, मुस्फिकर रहिमले ३८, तोहिद हृदयले १६ र नासुम अहमदले १४ रन बनाए ।
भारतका रवीन्द्र जडेजा, मोहम्मद सिराज र जसप्रित बुमराहले समान दुई विकेट लिए । यस्तै, कुलदीप यादव र शार्दुल ठाकुरले समान एक विकेट लिए ।
जितसँगै चार खेलमा आठ अंक जोडेको भारत दोस्रो स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको बंगलादेश दुई अंकसहित तालिकाको सातौँ स्थानमा छ ।