
काबेली ‘बी’ जलविद्युत् आयोजनाका कामदारको ज्यान गयो
फिदिम। पाँचथरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत एकजना मजदुरको ढुङ्गाले लागेर ज्यान गएकाे छ ।
पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो ।
आइतबार दिउँसो ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुङ्गाले मगरलाई लागेको थियो । मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ ।
