यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा. मूलखबर संवाददाता काठमाडौं काठमाडौं । नेपाल, हङकङ र यूएईबीच हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । कात्तिक १ गते बुधवारदेखि शुरु हुने खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १८ सदस्यीय टोली घोषणा गरेको हो ।. घाइते भएका कारण एसियाली खेलकुद खेल्न नपाएका ललितनारायण राजवंशी टिममा फर्किएका छन् । सन्दीप लामिछानेले भने यसअघि नै प्रतियोगिता नखेल्ने बताइसकेका छन् ।. रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादव र अविनाश बोहरा पनि टोलीमा छन् ।. त्रिदेशीय टी-२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टिभीले गर्ने क्यानले जनाएको छ ।.
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं । नेपाल, हङकङ र यूएईबीच हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । कात्तिक १ गते बुधवारदेखि शुरु हुने खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १८ सदस्यीय टोली घोषणा गरेको हो ।
घाइते भएका कारण एसियाली खेलकुद खेल्न नपाएका ललितनारायण राजवंशी टिममा फर्किएका छन् । सन्दीप लामिछानेले भने यसअघि नै प्रतियोगिता नखेल्ने बताइसकेका छन् ।
रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा सोमपाल कामी, करण केसी, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, विनोद भण्डारी, सागर ढकाल, लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल, प्रतीश जिसी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेख छन् । गुल्सन झा, विवेक यादव र अविनाश बोहरा पनि टोलीमा छन् ।
त्रिदेशीय टी-२० सिरिजको प्रत्यक्ष प्रशारण हिमालय टिभीले गर्ने क्यानले जनाएको छ ।