
भरतपुर महानगरमा एकैसाथ तीन खानेपानी आयोजना उद्घाटन, ४२ हजार लाभान्वित
चितवनको भरतपुर महानगरपालिका पुर्वाधार विकासकाे हिसाबले तिब्रतामा अगाडि बढिरहेको छ ।
हिजाेमात्र भरतपुर महानगरपालिकामा ४२ हजारभन्दा बढी जनसंख्यालाई खानेपानी उपलब्ध गराउन एकैसाथ तीन वटा परियोजना एकसाथ सञ्चालनमा आएका छन् ।
ती परियोजनाहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विहान उद्घाटन गरे । महानगरको वडा नं. १७, १९ र २० लाई समेट्ने गरी बनेको शारदानगर खानेपानी तथा सरसफाइ आयोजना, वडा नं. १० र ११ लाई समेट्ने गरी तयार गरिएको जखडीमाइ सहलगानी खानेपानी आयोजना र वडा नं. २६ मा बनेको दिब्यनगर खानेपानी आयोजना सञ्चालनमा आएका हुन् ।
