सहिदपुत्र वडाध्यक्ष विष्टले गरे एसईईका उत्कृष्ट विद्यार्थीलाई ६० हजार पुरस्कार दिने घाेषणा

मूलखबर संवाददाता
काभ्रे, २७ असार

काभ्रे जिल्लाकाे मण्डनदेउपुर वडा नं ८ का निर्वाचित वडा अध्यक्ष निराजन बिष्टले डेडिथुम्का माध्यमिक विद्यालय ढोडेनीबाट एसइइ परीक्षा २०८० मा ए प्लस ल्याउने विद्यार्थीलाई ६० हजार प्रोत्साहन रकम पुरस्कार दिने घोषणा गर्नु भएको छ ।

आफ्नो वडा अन्तरगत रहेकाे डेडिथुम्का माध्यमिक विद्यालयमा आयाेजित शुभकामना कार्यक्रममा सहिद कृष्णबहादुर विष्ट रसकमलका पुत्र समेत रहनुभएका वडाध्यक्ष विष्टले साे घाेषणा गर्नुभएको हाे ।  विद्यालयले नेपालीहरुको महान् चाड बडादशैं, शुभदिपावली, छठ तथा नेपाल सँम्बतको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै सहिद परिवारसमेत रहनुभएका वडा अध्यक्ष बिष्टले श्री डेडिथुम्का मावि ढोडिनीबाट २०८० सालको एसइइ परिक्षामा उत्कृष्ट नम्बर ल्याइ उतिर्ण हुनुहुने विद्यार्थीहरुका लागि हौसला र सम्मान स्वरुप वडा एवं ब्यक्तिगत तर्फबाट पुरस्कार प्रदान गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको हो । जसमा ए प्लस ल्याउने विद्यार्थीलाई ६० हजार, ए ल्याउने विद्यार्थीलाई ४० हजार र बि प्लस ल्याउने विद्यार्थीलाई २५ हजार रुपियाँको पुरस्कार दिने घोषणा गर्नुभएकाे हाे ।

वडाध्यक्ष विष्टले समाजसेवाका क्षेत्रमा, शिक्षाका क्षेत्रमा र विकासका क्षेत्रमा उल्लेखनीय कनमहरू गर्दै आउनुभएकाे छ ।