
भरतपुर महानगरले गर्याे बाईपासदेखि आँपटारीसम्म वृक्षारोपण
भरतपुर महानगरपालिकाले महानगरकाे बाईपासदेखि आँपटारीसम्म वृक्षारोपण गरेको छ ।
विभिन्न जनपक्षीय र सामाजिक काममा अग्रसर नेपालकै नमुना महानगरपालिका भरतपुरले शुक्रबार त्यस क्षेत्रमा वृक्षरोपण र सरसफाइ कार्यक्रम गरेको हाे ।
भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालकाे प्रमुख उपस्थिति र सहभागीतामा बृहत सरसफाई तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको महानगरका प्रेस सल्लाहकार शुरेशचन्द्र अधिकारीले बताए । महानगर प्रमुख रेनु दाहालकाे उपस्थितिमा प्रहरी तालिम केन्द्र अगाडि (बाईपास-आँपटारीसम्म) सरसफाइ र बृक्षाराेपण सम्पन्न भएको उनले जानकारी दिए । शुक्रबार बिहान भएको वृक्षारोपणमा विभिन्न जातका बिरुवा र फुलहरू राेपिएकाे छ ।
कार्यक्रममा महानगरपालिकामा कर्मचारीहरू, नेपाल प्रहरी, स्थानिय संघसंस्थाहरू र नागरिकहरूकाे सहभागीता रहेको थियाे ।
