रिटर्नी सेन्टर काभ्रेकाे भेला आयाेजक समिति गठन, संयाेजकमा सापकोटा

मूलखबर संवाददाता
काभ्रे, २६ असोज
राेजगारीका लागि विदेश गएर फर्केका नेपालीहरूकाे संगठन
रिटर्नी सेन्टर नेपालकाे काभ्रे जिल्लामा पहिलो भेला आयोजक कमिटी निर्माण गरेको छ । जिल्लामा बिहीबार भएको कार्यक्रमबाट किशोर सापकोटाकाे नेतृत्वमा एक भेला आयाेजक कमिटी निर्माण गरिएको हाे ।  आयाेजक समितिकाे सचिवमा राम थापा चयन भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष   तथा प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलको प्रमुख आतिथ्यमा जिल्ला भेला आयोजक कमिटि गठन गरि नया कमिटि चयन गरिएकाे हाे ।  भेलामा प्रमुख अतिथि पौडेलले रिटर्नीहरुले आफ्नो सिप, पुँजीको प्रयोग गरि उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने तथा `एक कमिटि एक उत्पादन´ नीति अनुसार लागि लक्ष्य हासिल गर्न निरन्तर रुपमा लाग्नुपर्ने बताए  ।

भेलामा प्रमुख अतिथि पौडेलले देशमा राजनीतिक ब्यबस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकोले रिटर्नी सेन्टर नेपालले अब अवस्था परिवर्तन गर्ने लडाइँको नेतृत्व गर्ने विश्वास लिएको बताए । उनले रिटर्नी सेन्टर नेपाल अब्बल रहेकोले अहिले पार्टीले पनि महत्व दिएको र पार्टीले आवश्यक परेको बेला निरन्तर सहयोग गर्ने तथा प्रेस सेन्टर नेपालले पनि प्रचार प्रसारमा सहयोग गर्ने बताए ।

त्यस्तै अतिथि तथा नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्लाका संयोजक भोला प्रसाद अर्यालले देशलाई परिवर्तन गर्न जनयुद्द कालमा लडाईं लडेका धेरै साथीहरु पारिवारिक तथा बिभिन्न समस्याका कारण धेरै विदेशमा गएको बताए । संयोजक अर्यालले रिटर्नी सेन्टर नेपाल माओबादी पार्टीमा आस्थावान साथीहरुको संगठन भएकोले विदेशबाट सिकेको ज्ञान ,धन ,सीपलाई संगठनिक रुपमा लगाई रोजगारको सिर्जना गर्नुपर्ने बताए l उहाँले रिटर्नी सेन्टर नेपाललाई पार्टीले पूर्ण सहयोग गर्ने बताए l

भेलामा अतिथि, रिटर्नी सेन्टर नेपालका केन्द्रीय सदस्य तथा प्रचार प्रसार बिभागका प्रमुख रमेश खावाजुले रिटर्नी सेन्टर नेपालको स्थापना भएको ४ महिना नपुग्दै ४ प्रदेश ,करिब ४० जिल्ला , बिभिन्न पालिका हुँदै स्थानीय वडा सम्म भेला गरि तिब्र रुपमा संगठन निर्माण भएको बताए  ।

प्रचार प्रसार बिभागका प्रमुख खावाजुले रिटर्नी सेन्टर नेपाललाई  अनलाइन समाचार, सोसियल मेडिया, डिजिटल मार्केटिंगको माध्यमबाट फेसबुक, टिकटक, यु ट्युब तथा अन्य माध्यमद्वारा ब्यानर, भिडियो मार्फत नेपालको कुना काप्चा तथा विदेशमा रहेका नेपालीहरु माझ पुर्याउने प्रयास गर्ने बताए । उहाँले यसको लागि रिटर्नी सेन्टर नेपालको ७ प्रदेश , ७७ जिल्ला तथा ७ सय ५३ स्थानीय निकायको कमिटीमा प्रचार प्रसार प्रतिनिधिहरु राख्ने बताए ।

 

त्यस्तै रिटर्नी सेन्टर नेपालका केन्द्रिय सदस्य तथा बागमती प्रदेशका सचिव प्रेम चौंलागाईले श्रम, सिप, पुँजी, अनुभव तथा क्षमता भएका रिटर्नीहरुलाई संगठित गरि सामुहिक रुपमा सहकार्य गर्दै उत्पादन क्षेत्रमा लगानी गरि देशमै रोजगार सिर्जना गर्ने बताए ।  केन्द्रिय सदस्य चौंलागाईले नेपालमा मल्टीनेशनल कम्पनीहरुले शैक्षिक क्षेत्रमा अदृश्य रुपमा लागेर नेपालको युवाशक्ति तथा बौद्दिक क्षमता भएका ब्यक्तिहरुलाई विदेश जान प्रेरित गरिरहेको बताए ।

उहाँले अहिले हुँदा हुँदा स्कुल पढेका बिद्यार्थीहरुमा नै भविष्यमा विदेश जाने, उतै बस्ने कुरा गर्ने तथा बाल मनोविज्ञानमा देशको चासो नराखी विदेशलाई बढी महत्व दिन थालेकोले यस प्रति पनि हामीले सोच्नु पर्ने बेला आइसकेको बताए । भेलामा प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम तथा नेकपा (माओवादी केन्द्र ) काभ्रे सचिव देवलाल घिसिङ ले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम संचालन रिटर्नी सेन्टर नेपाल काभ्रे जिल्ला इन्चार्ज बिनोद दंगालले गरेका थिए ।

भेला आयाेजक कमिटि

संयोजक -किशोर सापकोटा
सचिव – राम थापा
सदस्य – रमेश प्र.गौतम
सदस्य -जयराम
सदस्य – अर्जुन बुढाथोकी
सदस्य – कृष्ण प्र. पराजुली
सदस्य -गंगा ब. खत्री
सदस्य – वाङहिल गोले
सदस्य – मुस्कान मोक्तान
सदस्य – काजीमान
सदस्य – कमल तामाङ
सदस्य – ज्ञान ब. थिङ