विदेशमा बस्नेहरुका लागि दशैंको टीकाको साइत सार्वजनिक

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । यस वर्षको बडा दशैंको चाड सुरु हुन अब एक हप्ता पनि बाँकी छैन । नेपाल पञ्चाङ् निर्णायक विकास समितिले असोज २८ गते घटस्थापना र कार्तिक ७ गते टीकाको साइत सार्वजनिक गरिसकेको छ ।

समितिले नेपालमा कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा टीक लगाउन उत्तम साइत हुने भनेर तोकिदिएको छ ।

तर विदेशमा बस्दै आएका नेपालीहरुले चाहिँ कहिले कतिबजे दशैंको टीका लगाउने त ? अब चिन्ता गर्नुपर्दैन किनकि अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, डिल्लीबजारले विभिन्न देशका प्रमुख शहरका लागि दशैंको टीकाको साइत तोकिदिएको छ ।

भारतको देहलीमा बसोबास गर्नेहरुले २४ अक्टोबरको दिन १०ः५५ बजे टीका लगाउनु उत्तम हुने समितिले जनाएको छ ।

यसैगरी अमेरिकाको न्यूयोर्कमा बस्नेहरुका लागि २३ अक्टुबरको दिन १० बजेर ४७ मिनेटमा, अमेरिकाको केन्टुकी बस्नेहरुका लागि ११ बजेर ३ मिनेटमा, वाशिङ्टन डिसीमा बस्नेहरुले १० बजेर ५३ मिनेटमा टीका लगाउन अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णय समितिले जनाएको छ ।

क्यानडा, जापान, अष्ट्रेलिया, न्यूजील्याण्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरब र स्वीटरजल्याण्डमा बस्ने नेपालीहरुका लागि पनि समितिले दशैंको उत्तम साइत तोकिदिएको छ । ्

त्यो हेर्नका लागि तलको फोटोमा राइट क्लिक गरेर ओपन गर्नुहोला ।