
इजरायलमा मारिएका नेपालीको सम्झनामा आज राष्ट्रिय शोक
इजरायलमा हमास लडाकुको आक्रमणमा परी मारिएका १० नेपाली विद्यार्थीको सम्मानमा सरकारले आज लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आज देशका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतक विद्यार्थीका परिवारलाई १० लाख रुपैयाँ राहत दिने पनि घोषणा भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि जनही दुई लाख दिने निर्णय गरेको छ । उता इजरायलमा अप्ठ्यारोमा रहेका ३२ जना नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । बंकरमा रहेका उनीहरूलाई इजरायली सेनाले उद्धार गरेको हो ।
संघीय संसदमा इजरायलमा नेपाली विद्यार्थीहरूको निधनप्रति दुःख व्यक्त गरिएको छ
