
दशैंमा घर जाने हो? अग्रिम टिकट बुकिङ खुल्यो है
दशैंमा गाउँ फर्किने विचार गर्नुभएको छ? छ भने अब बुकिङ गर्नुस्। दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् ।
गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।
दशैंको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
