किन भैरहन्छ इजरायल र प्यालेष्टाइनको लडाइँ, यस्तो छ इतिहास र पृष्ठभूमि

मूलखबर संवाददाता
काठमाडौं

प्यालेष्टाइनी समूह हमासको रकेट आक्रमणपछि इजरायलले गरेको जवाफी हमलामा कम्तीमा २ सय ३० जना प्यालेस्टिनीहरू मारिएको विवरण आएका छन्।

हमासले अचानक गरेको रकेट प्रहारका क्रममा इजरेलमा यसअघि कम्तीमा २ सय ५० जनाको ज्यान गएको बताइएको थियो। त्यस्तै सात सयभन्दा बढी इजरेलीहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।

हमासको आक्रमणको जवाफमा इजरेलले पनि गाजामा प्यालेस्टिनी क्षेत्रहरूमा आक्रमण गरेको छ। शनिवार बिहान हमासका लडाकुहरू गाजामा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए। प्यालेस्टिनी लडाकुहरूले इजरेलका सैनिकहरू सहित दर्जनौँ इजरेलीहरूलाई नियन्त्रणमा लिएर बन्धक बनाएको अधिकारीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार अहिले भड्किएको हिंसा इजरायल–गाजा क्षेत्रमा दशकौंपछि सबैभन्दा गम्भीर किसिमको छ । यसपटकको हिंसा अचानक शनिबार शुरू भएको हो । समय समयमा जेरुसलेममा रहेका एक प्यालेस्टाइनलाई आफ्नो घर छाड्न चेतावनी दिइने गरेको थियो । सो जमीनलाई यहुदीहरूले आफ्नो दाबी गर्दै आएका छन् । यहुदीहरू उक्त स्थानमा बस्न चाहन्छन् तर अहिले सो स्थानमा प्यालेस्टाइनहरू बस्दै आएका छन् । त्यो चेतावनीपछि यहाँका अरब समुदायका मानिसको बसोबास रहेको क्षेत्रमा प्रदर्शन निस्किएको थियो । त्यो प्रदर्शनमा प्रहरीसँग झडप हुँदै आएको थियो।

अहिले प्यालेस्टाइनहरूलाई हट्न चेतावनी दिएकाले द्वन्द्व उत्पन्न भएको भए पनि इजरायल–प्यालेस्टाइनको मुद्दा नौलो भने होइन । गाजा क्षेत्र र इजरायलको सीमा क्षेत्रमा पछिल्लो १७-१८ वर्षयता प्यालेस्टाइन र इजरायलबीच विवाद छ ।

विशेषगरी इजरायल र जेरुसलेमको धार्मिक स्थलमा विवाद देखिने गरेको छ । इसाई, यहुदी र मुसलमान तीनै धर्मका समुदायले जेरुसलेमलाई आफ्नो पवित्र स्थल मान्छन् । उनीहरूका लागि यो स्थानको धार्मिक महत्व धेरै छ । यो यहुदीको उत्पत्ति स्थल हो । त्यसैले यो स्थल महत्वपूर्ण छ । उनीहरूको यो स्थान राष्ट्रिय प्रतीकको एक भाग पनि हो ।

भौगोलिक रूपमा यी दुई स्थान एकापसमा जोडिएका छन् । त्यस्तै ‘द चर्च अफ द होली सेपल्कर’ पनि इजरायली चेकप्वाइन्टको विपरीततर्फ छ । यो प्यालेस्टाइन इसाईको आस्थाको केन्द्र हो ।

१०० वर्ष पुरानो मुद्दा
प्रथम विश्व युद्धमा मध्य पूर्वमा शासन गरिरहेको ओटोमन साम्राज्य पराजित भएसँगै ब्रिटेनले प्यालेस्टाइन नाम गरेको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो।

उक्त स्थानमा अल्पसङ्ख्यक यहूदी र बहुसङ्ख्यक अरबीहरू बसोबास गर्थे। यहूदीहरूका लागि प्यालेस्टाइनमा “न्याशनल होम” स्थापना गर्नका लागि ब्रिटेनलाई अन्तर्राष्ट्रिय समुदायले भनेसँगै त्यहाँका समुदायबीच तनाव बढ्न थाल्यो। यहूदीहरूका लागि त्यो पुर्ख्यौली घर थियो। तर प्यालेस्टिनी अरबीहरूले पनि उक्त भूमिमा आफ्नो दाबी राखे र उक्त कदमको विरोध गरे।

सन् १९२० को दशकदेखि १९४० सम्म त्यहाँ आइपुग्ने यहूदीहरूको सङ्ख्या बढ्यो। दोस्रो विश्व युद्धपछि युरोपमा उत्पीडनबाट बच्नका लागि भागेका यहूदीहरू प्यालेस्टाइन पुगे र आफ्नो स्थानको खोजी गर्न थाले।यहूदीहरूका लागि त्यो पुर्ख्यौली घर थियो। तर प्यालेस्टिनी अरबीहरूले पनि उक्त भूमिमा आफ्नो दाबी राखे र उक्त कदमको विरोध गरे।

सन् १९२० को दशकदेखि १९४० सम्म त्यहाँ आइपुग्ने यहूदीहरूको सङ्ख्या बढ्यो। दोस्रो विश्व युद्धपछि युरोपमा उत्पीडनबाट बच्नका लागि भागेका यहूदीहरू प्यालेस्टाइन पुगे र आफ्नो स्थानको खोजी गर्न थाले।

सन् १९४७मा संयुक्त राष्ट्र सङ्घमा प्यालेस्टाइनलाई विभाजन गरी यहूदी र अरब राज्यका रूपमा स्थापित गर्ने र जेरूसेलमलाई अन्तर्राष्ट्रिय सहर बनाउने विषयको पक्षमा मतदान भयो। त्यो योजनालाई यहूदी नेताहरूले स्वीकार गरे तर अरब पक्षले भने त्यसलाई अस्वीकार गर्‍यो र कहिल्यै पनि कार्यान्वयन गरेन।

इजरेलको स्थापना र ‘सङ्कट’
समस्या समाधान गर्न नसकेपछि ब्रिटिश शासकहरू सन् १९४८मा बाहिरिए। त्यसपछि यहूदी नेताहरूले इजरेल स्थापनाको घोषणा गरे। त्यसको कैयौँ प्यालेस्टिनीहरूले विरोध गरे र पछि युद्ध पनि भयो। छिमेकी अरब राष्ट्रका सेनाले आक्रमण गरे।

लाखौँ प्यालेस्टिनीहरू भागे वा भाग्न बाध्य पारिए जसलाई उनीहरूले ”सङ्कट” भन्ने गरेका छन्। त्यसपछिको वर्षमा युद्ध विराम हुँदै गर्दा अधिकांश क्षेत्र इजरेलले नियन्त्रणमा लिन सफल भयो। जोर्डनको क्षेत्र वेस्ट ब्याङ्कका रूपमा परिचित भयो भने इजिप्टको कब्जामा रहेको गाजा पनि इजरेलले कब्जा जमायो। जेरूसेलमको पनि विभाजन भयो जसमा पश्चिमी भाग इजरेली सेनाको नियन्त्रणमा रह्यो भने पूर्वी भाग जोर्डनको सेनाको नियन्त्रणमा।

शान्ति सम्झौता नभएका कारण दुवै पक्षले एक अर्का माथि आरोप लगाइनै रहे र त्यसपछिका दशकहरूमा युद्ध र तनावपूर्ण अवस्था रहिनै रह्यो।

हालको नक्सा र विवादको चूरो
सन् १९६७को अर्को युद्धमा इजरेलले पूर्वी जेरूसेलम, वेस्ट ब्याङ्क अनि सीरियाको गोलन हाइट्सको अधिकांश क्षेत्र, गाजा र इजिप्टको सिनाइ प्रायद्वीप आफ्नो नियन्त्रणमा लियो। अधिकांश प्यालेस्टीनी शरणार्थी र उनीहरूका सन्तान गाजा, वेस्ट ब्याङ्क र छिमेकी जोर्डन, सिरिया अनि लेबननमा बस्छन्।

ती शरणार्थी र उनीहरूका सन्तानलाई इजरेलले आफ्नो घर फर्कन दिएको छैन। इजरेलले त्यस्तो गर्नाले देशमा समस्या बढ्ने र यहूदी राज्यका रूपमा आफूहरूको अस्तित्व समेत खतरामा पर्ने बताउँदै आएको छ। वेस्ट ब्याङ्क अझै पनि इजरेलको नियन्त्रणमा छ। र उ गाजाबाट बाहिरिइसकेको भए पनि संयुक्त राष्ट्र सङ्घले भने त्यो भूमिलाई अझै पनि नियन्त्रणमा रहेको क्षेत्रका रूपमा मान्छ। इजरेलले जेरूसेलमको पूर्ण भागलाई आफ्नो राजधानी मान्छ।

तर प्यालेस्टिनीहरूले भविष्यमा बन्ने राज्यको राजधानीका रूपमा पूर्वी जेरूसेलममा दाबी गरेका छन्। जेरूसेलममा इजरेलको पूर्ण दाबीलाई मान्यता दिने केही राष्ट्रहरूमा अमेरिका पर्छ। पछिल्लो ५० वर्षमा इजरेलले यो स्थानमा आवासीय क्षेत्र विकास गरेको छ जहाँ ६ लाख भन्दा बढी यहूदीहरू बसोबास गर्छन्। अन्तर्राष्ट्रिय कानुन अनुसार यो गैर कानुनी रहेको र शान्तिका लागि बाधक रहेको प्यालेस्टिनीहरूले बताउने गरेका छन् तर इजरेलले भने त्यसलाई खण्डन गर्दै आएको छ।

किन हुन्छ लडाइँ
पूर्वी जेरूसेलम, गाजा र वेस्ट ब्याङ्कमा बस्दै आएका प्यालेस्टिनी र इजरेलबीच पटक पटक तनाव भइरहन्छ। गाजामा हमास नाम गरेको लडाकु समूहले शासन गर्छ जसले कैयौँ पटक इजरेलसँग युद्ध गरेको छ।

इजरेल र इजिप्टले गा जामा हतियार नपुगोस् भनेर कडा रूपमा सीमा नियन्त्रण गर्छन्। इजरेलका गतिविधि र प्रतिबन्ध का कारण आफूहरू समस्यामा परेको गाजा र वेस्ट ब्याङ्कस्थित प्यालीस्टिनीहरूको भनाइ छ।

इजरेलले भने प्यालीस्टिनीहरूको हिंसाबाट जोगिनका लागि मात्रै आफूले कदम चालेको बताउँदै आएको छ। शनिबारको हिंसासँगै इजरेल र प्यालीस्टिनीहरूबीच फेरि तनाव चुलिँदै गएको छ। र यस पटक पनि प्यालेष्टाइनतर्फ भयानक क्षति हुने अनुमान गर्न कठिन छैन।