
रिटर्नी सेन्टर लमजुङको भेला सम्पन्न, मनबहादुर गुरूङकाे अध्यक्ष्यतामा २५ सदस्यीय कमिटी निर्माण
सत्तारूढ दल नेकपा माओवादी केन्द्रको २४ औं जनवर्गीय संगठन रिटर्नी सेन्टर नेपालको प्रथम लमजुङ भेला सम्पन्न भएको छ ।
जिल्ला पार्टी कार्यलय हलमा शनिबार सम्पन्न भेलाले २० मन बहादुर तामाङको अध्यक्षतामा २५ सदस्यीय रिटर्नी सेन्टर लमजुङको जिल्ला तदर्थ समिती गठन गरेको छ । समितकाे उपाध्यक्षमा बद्री घले र जीवन गुरुङ सचिवमा कृष्ण बराल, सह सचिवमा ध्रुव अधिकरी र कोषाध्यक्षमा मन बहादुर मजाकोटी रहनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र )काे केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला ईन्चार्ज आशा काेईराला , बिशिस्ट अतिथि रिटर्नी सेन्टर नेपालकाे सह संयाेजक एवं गण्डकी प्रदेश ईन्चार्ज रामचन्द्र अधिकारी क्षेत्री नेकपा (माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटि सदस्यहरु हरिजङ्ग तमाङ, जिल्ला समिति सचिव सुनिल सुनार, रिटर्नी सेन्टर नेपालकाे केन्द्रीय सदस्य भिम सुब्बा तमाङ(बाबु साईला) लगायतको उपस्थिति रहेको थियाे ।
