यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
नेपाल–भारत परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न. मूलखबर संवाददाता काठमाडौं काठमाडौं । सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ ।. बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।. बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गानाले र भारतीय टोलीको नेतृत्व विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए । दुवै प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरु पनि सहभागी थिए ।. काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद व्यवस्थापनमा सहकार्य र सूचना आदानप्रदान जस्ता विषयमा छलफल भएको थियो ।. द्विपक्षीय सुरक्षा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले २० वर्षअघि नेपाल–भारत द्विपक्षीय परामर्श समूह गठन भएको हो । सुरक्षासम्बन्धी सहकार्य गर्ने भारत र नेपालबीचको यो एउटा महत्वपूर्ण संस्थागत संयन्त्र हो ।.
नेपाल–भारत परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न
मूलखबर संवाददाता
काठमाडौं
काठमाडौं । सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ ।
बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुङ्गानाले र भारतीय टोलीको नेतृत्व विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए । दुवै प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरु पनि सहभागी थिए ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहसिक गतिविधि, विपद व्यवस्थापनमा सहकार्य र सूचना आदानप्रदान जस्ता विषयमा छलफल भएको थियो ।
द्विपक्षीय सुरक्षा सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले २० वर्षअघि नेपाल–भारत द्विपक्षीय परामर्श समूह गठन भएको हो । सुरक्षासम्बन्धी सहकार्य गर्ने भारत र नेपालबीचको यो एउटा महत्वपूर्ण संस्थागत संयन्त्र हो ।