चाडपर्वमार्फत सदभाव फैलाउन एमाले अध्यक्ष ओलीको आग्रह

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सदभाव फैलाउन आग्रह गरेका छन् ।

एमाले सम्पर्क समन्वय कमिटीले आज दशैं–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने ‘हाम्रो मुलुक भौगोलिक विविधिता भएकाले चाडपर्वमार्फत सामाजिक सदभाव फैलाउनुपर्छ ।’

सामाजिक सञ्जालमा समाजलाई हानी पुर्याउने अश्लील र उत्ताउलो खालका कुरा नलेख्न अध्यक्ष ओलीले आग्रह गगरे । सबैको भलाइको निम्ति सचेतना फैलाउने तरिकाले सामाजिक सञ्जालमा लेख्नुपर्नेमा जोड दिए ।

आफ्नो विचार अरुले अनुशरण गरेर लाभ लिन सकुन् भनेर सामाजिक सञ्जालमा केही लेख्नुपर्ने बताउँदै ओलीले भने, ‘फेसबुकमा स्टाटस लेख्छौँ भने अर्थपूर्ण लेख्नुपर्यो । स्टाटस लेख्दा गलत कुराको खण्डन र सही कुराको समर्थन र पक्षपोषण हुनुपर्दछ ।’