इजरायलमा भिषण आक्रमण, नेपालीको अवस्था के छ ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । इजरायलमा इस्लामिक लडाकु हमासले भिषण आक्रमण गरेको छ । दर्जनौं पटक रकेट प्रहार भएका र मानिसहरु पनि हताहती भएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

बीबीसले हमास समूहले इजरायलमा गरेको आक्रमणबाट कम्तिमा २२ जनाको मृत्यु भएको र ५४५ जना घाइते भएको जनाएको छ ।

शनिवार बिहान हमासका लडाकुहरू गाजा क्षेत्रमा प्रवेश गरेर आक्रमण सुरु गरेका थिए । हमासका नेता मोहम्मद डेफले ‘अपरेशन अल–अक्सा फ्लड’ सुरु भएको घोषणा गर्दै इजरायलमा पाँच हजार रकेटहरू प्रहार गरेको बताएका छन् ।

हमासको जवाफमा इजरायलले पनि आक्रमण गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिले आफूहरु युद्धमा रहेको भन्दै हमासले कहिल्यै कल्पना नगरेको मूल्य चुकाउनुपर्ने बताएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अहिले आफूहरु युद्धमा रहेको भन्दै हमासले कहिल्यै कल्पना नगरेको मूल्य चुकाउनुपर्ने बताएका छन् ।

नेपालीहरुको अवस्था के छ ?

इजरायल नेपालीको श्रम गन्तव्य पनि हो । त्यहाँ थुप्रै नेपालीहरु कार्यरत छन् । यो लडाइँमा नेपालीहरुको अवस्था कस्तो छ भन्ने एकिन भइसकेको छैन ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले स्थितिलाई नजिकबाट नियालीहरुको भन्दै अधिक सूचना संकलन गरिरहेको बताइन् । अहिलेसम्म नेपालीहरुको अवस्था कस्तो छ भनेर औपचारिक जानकारी प्राप्न हुन नसकेको उनले बताइन् ।

इजरायलमा नेपाली सेनाको शान्ति मिसन र फोर्स कमाण्डरको टोली पनि खटिँदै आएको छ । नेपाली सेनाको टोली इजरायल र सिरियाको सीमा क्षेत्रमा उन्डोफ (UNDOFF) मिसनमा खटिएको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले नेपाली सेनाको शान्ति मिसन र फोर्स कमाण्डरको अवस्थाबारे बुझ्ने क्रम जारी रहेको बताए । ‘हामी बुझ्दै छौं, अहिलेसम्म अप्रिय खबर केही छैन,’ उनले भने ।