
सेती नदीमा डुबेर २ बालबालिका बेपत्ता
दिपायल । डोटीको सेती नदीमा डुबेर दुई बालक बेपत्ता भएका छन् । दिपायलको सिलगढी नगरपालिका वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन् ।
दिपायलको सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा उनीहरू वेपत्ता भएको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए ।
