खानीखोलामा माओवादी अभियान : कार्यकर्ता सक्रिय, जनता उत्साहित, सरकार प्रभावकारी

मूलखबर संवाददाता
काठमाडौं, १८ असोज

काभ्रे जिल्लाको डाँडापारी भनेर चिनीने विकट गाउँपालिका खानीखोला गाउँपालिकामा माओवादीले सञ्चालन गरेको अभियानले वास्तवमै परिवर्तनको आभाष दिलाएको छ । भदौ १६ गतेबाट उद्घाटन भएको जनतासँग माओवादी : विशेष रुपान्तरण अभियानका क्रममा माओवादीले गरेको गतिविधिले कार्यकर्ताहरु सक्रिय बनेका छन् भने जनताहरु उत्साहित भएका छन् । माओवादीले निर्वाचन जितेको खानीखोला गाउँपालिकामा स्थानिय सरकार प्रभावकारी पनि देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) खानिखोलाले अभियानको क्रममा सबै वडाहरुमा अभियान सञ्चालन गरिरहेको छ । पार्टीका वडा कमिटि बैठक, भेला प्रशिक्षण,, जवसहरुका बैठक भेला प्रशिक्षण र जनताहरुसँगको अन्तरक्रियाले गर्दा अभियान अत्यन्तै प्रभावकारी बनेको छ । हालैमात्र वडा नं ७ मा जवस मोर्चाहरुको भेला भव्य रुपमा सम्पन्न भएको छ ।

अभियानको नेतृत्व गरिरहेका माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य नारायण बानीया दिपेशले अभियान निरन्तर जारी रहेको बताउनुभयो । उहाँले अभियानले जनतामा उत्साह ल्इाएको आफूले पाएको बताउनुभयो । दिपेशले जनताको दुख र मर्म बुझ्ने नेकपा माओवादी केन्द्र नै भएकोले हामि तीन महिने अभियान अन्तर्गत जनताको हरेक बस्ती बस्तिमा,टोल टोलमा र घर घरमा पुगेर त्यहाँको जनतासँग प्रत्यक्ष जनगुनासोहरु सुन्ने र जनताको समस्यालाई पहिचान गरि समाधान गर्न सक्ने प्रतिबद्ध लिएर आएको बताउनुभयो ।

अभियानमा निरन्तर नेतृत्व गरिरहनुभएका माओवादी केन्द्र वागमती प्रदेश सचिव तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले अभियानले खानीखोलामा उत्साह ल्याएको बताउनुभयो । जनतामा माओवादीप्रति विश्वास र अपेक्षा रहेको उहाँले बताउनुभयो ।
उहाँले आफुले नेतृत्व गरेको सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहेको बताउँदै जनतासँगको सम्वन्ध सुधारमा यो अभियानले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।