बाहिरिएन मनसुनः आज पनि देशभर सामान्य बदली
आज देशभर आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको हुनसक्ने महाशाखाका माैसमविद्ले बताएका छन् ।
यसैबीच, वर्षाका कारण प्रभावित क्षेत्रहरूहुँदै बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधाका साथै चट्याङ्गको सम्भावित जोखिमबाट जाेगिन महाशाखाले सुझाव पनि दिएकाे छ ।
बिहीबारदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै गएकाे जल तथा माैसम विज्ञान विभाग मौसमविद् गोविन्द झाले बताए । उनका अनुसार, नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहे पनि अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै गएकाे छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको उनले बताए । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव छ ।