विद्यालय शिक्षा विधेयकमाथि छलफल सकियो, अब मन्त्रीले जवाफ दिने

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

शुक्रबारको छलफलमा ६० भन्दा बढी सांसदहरुले भाग लिएका थिए । उनीहरुमध्ये अधिकांशले विद्यालय शिक्षा विधेयकलाई संशोधन गर्नुपर्ने बताएका छन् ।

२०२८ सालमा आएको विधेयकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अनुकूल बनाउने गरी सरकारले २७ भदौ २०८० मा विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता गरेको थियो ।

शुक्रबार सैद्धान्तिक छलफल सकिएकाले आगामी बैठकमा शिक्षा मन्त्री अशोक कुमार राईले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

प्रतिनिधि सभाको अर्को बैठक असोज २१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।