यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
पोखरामा होटलबाट हामफालेका चिनियाँ नागरिकको मृत्यु. मूलखबर संवाददाता काठमाडौं कास्की । पोखराको लेकसाइडस्थित होटेलबाट हामफालेका एकजना चिनियाँ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । ४१ वर्षीय सन च्याङ्गको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।. उनले बिहीबार राति १२ः४० मा आफू बसेको होटेलको तेस्रो तलाबाट हाम फालेको प्रहरीको भनाइ छ । ‘मादक पदार्थ सेवन गरेर उनले होटेलको भर्याङमा रहेको आल्मुनियमको झ्यालबाट हाम फालेको पाइएको प्रहरी उपरीक्षक मोहनकुमार थापाले जनाए ।. उनले हामफाल्नुको कारण खुलेको छैन । यद्यपि उनका साथीहरुले सामान्य विवाद भएपछि उनले यो कदम उठाएको बताएका छन् । प्रहरीले भने घटनाबारे विस्तुत अनुसन्धान भइरहेको जनाएको छ ।. याङ्ग सहित अन्य तीन जना चिनियाँ गत असोज २ गतेदेखि सोही होटेलमा बस्दै आएका थिए ।. उनको शव पोस्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको र उनको मृत्युबारे परिवारलाई जानकारी गराइसकेको प्रहरीले जनाएको छ ।.
पोखरामा होटलबाट हामफालेका चिनियाँ नागरिकको मृत्यु
मूलखबर संवाददाता
काठमाडौं
कास्की । पोखराको लेकसाइडस्थित होटेलबाट हामफालेका एकजना चिनियाँ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । ४१ वर्षीय सन च्याङ्गको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
उनले बिहीबार राति १२ः४० मा आफू बसेको होटेलको तेस्रो तलाबाट हाम फालेको प्रहरीको भनाइ छ । ‘मादक पदार्थ सेवन गरेर उनले होटेलको भर्याङमा रहेको आल्मुनियमको झ्यालबाट हाम फालेको पाइएको प्रहरी उपरीक्षक मोहनकुमार थापाले जनाए ।
उनले हामफाल्नुको कारण खुलेको छैन । यद्यपि उनका साथीहरुले सामान्य विवाद भएपछि उनले यो कदम उठाएको बताएका छन् । प्रहरीले भने घटनाबारे विस्तुत अनुसन्धान भइरहेको जनाएको छ ।
याङ्ग सहित अन्य तीन जना चिनियाँ गत असोज २ गतेदेखि सोही होटेलमा बस्दै आएका थिए ।
उनको शव पोस्टमार्टमका लागि प्रतिष्ठानमा राखिएको र उनको मृत्युबारे परिवारलाई जानकारी गराइसकेको प्रहरीले जनाएको छ ।