विश्वकप क्रिकेट : पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रनले ‍हरायो

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ‍८१ रनले हराएको छ ।

हैदरावादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो । खेल जित्न २८७ रनको लक्ष्य पाएको नेदरल्यान्ड्स ४१ ओभरमा २०५ रन बनाउँदै अलआउट भएपछि पाकिस्तान ८१ रनले विजयी भएको हो ।

पाकिस्तानका लागि मोहम्मद रिज्वान र साउद शकिलले १२० रनको साझेदारी गरे । उनीहरु दुवैले समान ६८ रन बनाए । मोहमद नवाजले ३८ र साबाद खानले ३२ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका लागि बास डि लिडेले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै ६२ रन खर्चे ।

लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सका लागि बास डि लिडेले ६७ र ओपनर विक्रमजित सिंहले ५२ रन बनाएका थिए । बलिङतर्फ पाकिस्तानका हरिस रउफले ३ विकेट लिए ।